१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

निमा शेर्पाको अध्यक्षतामा ३८सदस्यीय नेपाल परेड डे बोर्ड गठन । बोर्डमा को को चयन भए


Ang

१६ बैशाख २०७६, सोमबार  

0
Shares

न्युयोर्कमा नेपाल चिनाउने विशेष कार्यक्रम नेपाल डे परेडलाई विवादरहित ढंगले सवैको सहाभागीतामा आयोजना गर्ने उद्धेस्य अनुरुप नेपाल डे परेडको कार्यकारी बोर्डको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन । निर्वाचित निमा शेर्पा आदीवासी जनजाती महासंघको सदस्य सस्था शेर्पा संघ अमेरिकाका अध्यक्ष हुन ।

त्यस्तै सदस्य सचिवमा तरुणदल अमेरिकाका उपाध्याक्ष अनन्त सुवेदी, लगायत ३७ विभिन्न सस्था तथा क्षेत्रका व्यक्तिहरुलाई सदस्यमा निर्वाचित गरेका छन । ज्याक्सनहाइटमा आइतबार भएको बोर्ड गठन कार्यक्रममा करिब ४५ जना व्यक्तिहरुको सहाभागीता रहेका थिए । दुई बर्षको लागी निर्वाचित कार्यकारी समितिका सदस्यहरुलाई नेपाल डे परेडका पुर्व कन्भेनर तथा आदीवासी जनजाती महासंघ फिफनाका पुर्व अध्यक्ष लुइसाङ वाइवा तामाङले खादा लगाई शुभकामना दिएका थिए । बोर्डमा निर्वाचित सदस्यहरु विभिन्न सस्था तथा क्षेत्रको प्रतिनिधित्व गदै आइरहेका छन ।

निर्वाचित बोर्डले आगामी मे १९ तारिखमा हुन लागेको चौथो नेपाल डे परेड र थप दुई वर्ष नेपाल डे परेडको संयोजनको जिम्मेवारी पाएको छ । कार्यक्रममा दुई पुर्व कन्भेनरहरु रवि कोइराला र मंगलदास श्रेष्ठले पनि निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

को को आए बोर्डमा  ?
निमा शेर्पा अध्यक्ष
अनन्त सुवेदी सदस्य सचिव
सदस्यहरुमा
१ प्रदिप श्रेष्ठ
२ किरण मरहाट्ट
३ विश्व शाह
४ सानुमाया तामाङ
५ टिका ढकाल
६ आङछिरिङ शेर्पा
७ मनिता गुरुङ
८ अभय ढुङगेल
९ आङ जाङबु शेर्पा
१० चन्द्र जिशि
११ हरिशचन्द्र हमाल
१२ प्रेम गोपाल मर्हजन
१३ अनिल अधिकारी
१४ खेम भट्ट
१५ प्रभात सापकोटा
१६ विनोद थापा
१७ सृजना स्याङतेन
१८ कुन्ती थापा
१९ राजेश सापकोटा
२० पुरुषोतम पन्थी
२१ विष्णु पौडेल
२२ राजन गौलि
२३ मणि वाङदेल राई
२४ एपि लामा
२५ यादव वास्तोला
२६ अन्जन श्रेष्ठ
२७ मनोज सिंह
२८ प्रकाश थापा
२९ हरि शर्मा
३० विक्की पुलामी
३१ राजेश भट्ट
३२ विश्व बास्तोला

३३ विजय सिंम्खडा

३४ विनिता तामाङ
३५ दिवाकार पाण्डे
३६  मिलन गुरुङ

३७ रुद्र रावत

३८ अब निर्वाचित हुने एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १० : ३२ बजे