१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मतदाताका गोप्य विवरण सार्वजनिक भएको छैन, प्रमाण भेटिए कारबाही भोग्न तयार : निर्वाचन आयोग


२ जेष्ठ २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । एनआरएन अमेरिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन आयोगले मतदाताका गोपनियता सम्बन्धी विवरण सार्वजनिक नगरिएको दाबी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त विश्वनाथ बरालद्वारा आज जारी गरिएको विज्ञप्तिमा आयोगका तर्फबाट अपनाउनुपर्ने सबै सचेतता अपनाइएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सबै मतदाताका व्यक्तिगत विवरण कही कतैबाट पनि सार्वजनिक र दुरुपयोग नहोस भन्ने उद्देश्यले निर्वाचन आयोगका तर्फबाट अपनाउनुपर्ने सबै सचेतता अबलम्बन गरेको छ। यदि हाम्रा तर्फबाट विवरण बाहिरिएको कतै प्रमाण भेटिएमा हामी अमेरिकाको कानुन बमोजिम सजाय भोग्न तयार रहेको जानकारी गराउँदछौं ।’

आयोगले एनआरएन अमेरिकाको निर्वाचन तोकिएकै समयमा हुनेसमेत उल्लेख गरेको छ । निर्वाचन मेर १८ र १९ तारिकका लागि तोकिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १० : २८ बजे