३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

न्युयोर्कमा मनायो बुद्ध जयान्ती


Ang

६ जेष्ठ २०७६, सोमबार  

0
Shares

विश्व शान्तिको प्रतिक गौतम बुद्धको २५६३ औ जन्म जयान्ती विश्वभरि भव्यताका साथ मनायो । विश्वभरि विभिन्न कार्यक्रमको साथ बुद्ध जयान्ती मनाउने क्रममा न्युयोर्कमा पनि हिमालयन बुद्धिष्ठ कम्युनिटिले शनिबार बुद्ध जयान्ती मनायो । न्युयोर्कमा विगत केही बर्षदेखिन हिमालयन बुद्धिष्ठ कम्युनिटि अन्र्तगतका विभिन्न समुदायले बर्षेनी संयोजन गदै आउने क्रममा यस पटकको बुद्ध जयान्ती तामाङ सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरले संयोजन गरेका थिए ।

यस पटकको बुद्ध जयान्ती विहानीपख शेर्पा किदुगको गुम्बामा विहानी धार्मिक पुजा लगतै ज्याक्सनहाइट आसपास पदयात्रासंगै दिउसो ज्याक्सनहाइटस्थित डाइभर्सिटि प्लाजामा प्रवचन गरेर मनाएका थिए । कार्यक्रममा नेपाली कन्सुलेटका महाबाणिज्यदुत पुष्पराज भट्टराई, बाणिज्यदुत कृषु क्षेत्रीको साथमा धर्म गुरुहरु आवतारी लामा टुल्कु, गेसे टासी दोर्जी र लोपेन गिर्मिछोडक लगायतका धर्म गुरुहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा मानव जीवनमा बुद्धको योगदानको बारेमा धर्म गुरुहरुले विभिन भाषामा प्रवचन दिएका थिए । कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ५ : ०८ बजे