११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनील साह निर्वाचित, महासचिवमा पशुपति पाण्डे


६ जेष्ठ २०७६, सोमबार  

0
Shares

न्युयोर्क । एनआरएन अमेरिकाको अध्यक्ष पदमा सुनिल कुमार शाह विजयी भएका छन् । निर्वाचन आयोगले बिहान ३ बजे सार्वजनिक गरेको नतिजा अनुसार निर्वाचित अध्यक्ष शाहले ३७११ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्धन्दी सुर्य लम्सालले १७९७ र सन्जय थापाले १५५४ मत गरेका छन् ।

त्यस्तै बरिष्ठ उपाध्याक्षमा डा अर्जुन बन्जाडेले २९४९ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिद्धन्दी अमृत सापकोटाले २९१६ मत ल्याएका छन् । मध्य पश्चिम उपध्याक्षमा बुद्धि सागर सुवेदीले ३५०२ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी बलराम घिमिरेले ३२२० मत ल्याएका छन् । त्यसैगरी उतरपूर्वी उपाध्यक्षमा बाबुराम लामाले ३५१९ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी महेश कुमार मल्लले ३०९७ मत ल्याएका छन् । दक्षिण क्षेत्रीय उपाध्याक्षमा कृष्ण जिवि पन्थले ४६३९ मत ल्याएर विजयी भएका छन् । पश्चिममा सर्वज्ञा वाग्लेले ३७८७ मत ल्याएर बिजयी भएका छन् । उनको प्रतिद्धन्दी रामबाबु पाण्डेले २८२७ मत ल्याएका छन् । महासचिवमा पशुपति पाण्डेले ३०४२ ल्याएर बिजयी भएका छन् । उनको प्रतिद्धन्दी गोपेन्द्र भट्टराईले २११६ मत ल्याएका छन् । कोषाध्याक्षमा नेत्र बन्धु पोखरेल र सहकोषाध्याक्षमा सन्तोष कुमार विष्ठ बिजयी भएका छन ।

 

कुन पदमा को निर्वाचित हेर्नुस् विस्तृतमा

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ४ : २० बजे