२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

स्पेनका लागि नयाँ राजदूतमा दावाफुटी शेर्पा सर्वसम्मत


२३ असार २०७६, सोमबार  

4
Shares

काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने पक्का भएकी छिन् । आज शेर्पालाई स्पेनका लागि, वंशीधर मिश्रलाई बंगलादेशका लागि, कतारका लागि नेपाली राजदूतमा डा. नारदनाथ भारद्वाज र अष्ट्रेलियाका लागि महेशराज दाहालको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेपछि उनी स्पेनका लागि नयाँ राजदूत बन्ने पक्का भएको हो।

जेठ दोस्रो हप्ता बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो।

२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन् । कुनै पनि उजुरी नपरेका उनलाई आज सुनुवाइका क्रममा पनि सांसदहरूले उनको अनुभव क्षमताबारे प्रश्न सोधेका थिए ।

उनका बुबा लाक्पा सोनाम शेर्पा यति एयरलाइन्सका कार्यकारी अध्यक्ष तथा थामशेर्कु ट्रेकिङका सञ्चालक हुन् । सोनामका भाइ आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसँगै निधन भएको थियो । उनको निधन पछि लाक्पा सोनाम यति एयरलाइन्सको कार्याकारी अध्यक्ष भएका हुन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ४४ बजे