७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

धुलिखेलबाट शुरु जेसुम यात्रा पुग्यो झमकको गाउँ


२३ असार २०७६, सोमबार  

0
Shares

धनकुटा । कला, साहित्य रंगमञ्चमार्फत स्थानीय संस्कृति, सम्पदा र मौलिक पहिचान प्रबद्र्धन गर्ने ध्येय बोकेको जेसुम यात्रा यसपटक धनकुटामा सम्पन्न भएको छ । सदरमुकाम धनकुटा बजारस्थित आठपहरिया किरा“त समुदायको बस्तीमा कवि, चित्रकार र रंगकर्मीहरुले जेसुम यात्रा गरेका हुन् । काठमाडौं, इटहरी र धरानका स्रष्टाहरु शनिबार धनकुटा बजार पुगेका थिए ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाइ“ र वडाअध्यक्ष जंगबहादुर आठपहरियाले रातो टिका लाइदिएर स्वागत गरेपछि स्रष्टाहरुले बजारबाट आठपहरिया गाउ“ र चुलीबनतिरको हाइकिङ थालेका थिए । उनीहरुको आठपहरियाहरुको रहनसहन, इतिहास, राणा शासनको पालामा समुदायमाथि भएको दमन जस्ता तथ्य खोतल्दै अक्षर र क्यानभासमा आठपहरिया समाजको चित्र उतारे । स्थानिय र आगन्तुक गरेर तीन दर्जन स्रष्टाहरुले चुली वन पुगेपछि आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङस“गै मौलिक पोशाकसहितको आठपहरिया युवतीको मुर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए ।

संस्कृतिकर्मी सुर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकार एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोर्न थाले । कवि अनिता लामा र सगरमाथा आरोही देउराली चाम्लिङको टोली भने आठपहरिया बस्तीमै झरेर मौलिक घर, खानपान, भेषभुषा अवलोकन गरे । सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बा“सुरीको धुनले चित्रकार र कविलाई पाश्र्वसंगीतको अनुभुति दिलाए । चित्रकार एनवि गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर बिके, विनोदकुमार गुप्ता, सुरेश देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धिरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती कोरेका थिए । यही बेला स्थानिय सरकुमारी र जानुकाले आठपहरिया समुदायको मौलिक परिधान प्रस्तुत गरेकी थिइन् ।

स्रष्टाहरुले दिउ“सो स्थानिय निजामती स्कुलको परिसरमा भेला भएर कवि गोष्ठी र चित्रकला प्रदर्शनी गरे । उनीहरुलाई साथ दिन नजिकैको कचिडे गाउ“बाट साहित्यकार झमक घिमिरे पनि आइपुगेकी थिइन् । आफ्नो थातथलोमा काठमाडौंदेखि स्रष्टाहरु आएकोमा झमकले खुशी जनाइन् । उनकै प्रमुख आतिथ्यमा कवि स्नेह सायमी, अनिता लामा, फूलमान वल, विना थिङ तामाङ, रमेश क“डेल, हेमन यात्री, सुदिप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । धनकुटा बजारलाई पृष्ठभुमिमा पारेर राखिएका चित्रकला प्रदर्शनी नियाल्नेको भीड थियो ।

चित्र र कवितामार्फत धनकुटा प्रबद्र्धन गरेकोमा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईले प्रशंसा गरे । ‘तपाईंहरु धनकुटा खोज्दै आउनुभयो’, उनले भने, ‘शब्द र रंगमा टिप्नु भएको धनकुटालाई शहर पनि प्रबद्र्धन गर्नु हुनेछ भन्ने आशा छ ।’ जेसुम यात्राकी संयोजक अनिताले यात्रा श्रृंखलामा तयार चित्रको राजधानीमा छिट्टै प्रदर्शनी गर्ने र कविता पनि संग्रहमा समेटिने जनाइन् । धुलिखेलबाट शुरु भएको यात्राको यो आठौं श्रृंखला हो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ५५ बजे