काठमाडौँ । विभिन्न कारणले रिक्त रहेका जनप्रतिनिधिको उपनिर्वाचन मंसिर १४ गते हुने भएको छ । आज आयोगले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा आउँदो मंसिर १४ गते उपनिर्वाचन गर्ने जनाएको हो ।
सरकार र राजनीतिक दलको परामर्शमा आयोगले उपनिर्वाचनको मिति तोकेको हो । ०७४ मा सम्पन्न स्थानीय तह, प्रदेश तह तथा प्रतिनिधिसभा सदस्य निर्वाचन भएपछि विभिन्न कारणले रिक्त रहेका ५० स्थानमा आयोगले निर्वाचन गर्न लागेको हो ।
निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३, र प्रतिनिधिसभा सदस्य १ स्थानमा रिक्त छ । कूल ५० पदका लागि निर्वाचन हुनेछ ।