प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफु माथि लागेको यौन दुब्र्यहार आरोपको कारण सभामुख पदबाट राजीनामा दिएका छन् । संविधान र प्रतिनिधिसभा नियवावली २०७५ अनुसार, सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने प्रावधान अनसार सभामुख महराले उपसभामुख डा. शिवमाया तुम्बाहाङफे समक्ष राजीनामा बुझाएका हुन । सभामुख महराले उपसभामुखलाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा भनिएको छ, ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिादासम्मका लागि राजीनामा दिएको छु ।’
संसदकै एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुब्र्यव्यहारको आरोप लगाएको सार्वजनिक भए लगतै मंगलबार बिहान बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर सभामुख महराले भने आरोप अस्वीकार गर्नुको साथै उनको प्रेश सल्लाहकार मार्फत समाचार गलत भनी विज्ञाप्ती मार्फत खण्डन गरेका थिए । कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराले दाबी गरेका थिए । त्यस लगतै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मगलबारनै महरालाई बालुवाटार बोलाएर उनीमाथि लागेको आरोपबारे जानकारी लिएका थिए । मुलुकको त्यो जिम्मेवारी पदमा रहेका व्यक्तिमाथि सार्वजनिक रुपमा यस्तो आरोप लागेपछि छानबिनमा सहयोग गर्नका लागि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन उपयुक्त हुने सल्लाह दुवैले दिएपछि महराले विचार गर्छु भनी बालुवाटारबाट बहिरिएपछि राजीनामा दिएको थियो ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुब्र्यव्यवहारको आरोपमाथि प्रहरीले अनुसन्धान सुरू गरिसकेको छ । प्रहरीले घटनास्थलमा फेला परेका रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा र रक्सी खान प्रयोग भएको दुई वटा गिलास नियन्त्रणमा लिनुको साथै आवश्यक प्राविधिक परीक्षण सुरू गरिएको प्रहरीले जनाएको छ । घटना आईतबार साझ ९ बजेर ३ मिनेटमा पीडित महिलाले प्रहरीको हटलाइन १०० मा फोन गरेको आधारमा प्रहरीले जानकारी पाएका थिए । त्यसपछि प्रहरी वृत्त नया बानेश्वर -तीनकुने) बाट डिएसपीको टोली पीडित महिलाको घरमा ९ बजेर १९ मिनेटमा पुगेको थियो । प्रहरी घटनास्थल पुग्दा पीडित महिलाको भनाई अनुसार महरा त्यहाबाट निस्किसकेका थिए । प्रहरीले घटनास्थलमा प्रयोग भएका सबै सामाग्री, महिलाको भनाई र घटनास्थलको भिडियो रेकर्ड प्रहरीले लिइसकेका छन ।