महरा सभामुख निवासबाट पक्राउ
२०७६ आश्विन १९, आईतवार १८:१८

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा बालुवाटार बाट पक्राउ परेका छन् ।
अदालत पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइतवार साँझ नियन्त्रणमा लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालबिच भएको छलफलमा महरा पिडित महिलाको कोठामा गएको र दुर्व्यवहारको प्रयास गरेको पुष्टि भएपछि प्रधानमन्त्रीले अनुसन्धान अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।