१५ मंसिर २०७९, बिहिबार | Fri Dec 2 2022

एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित, महासचिवमा डा शर्मा


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।  कुल आचार्यलाई केही मतको अन्तरले पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

जर्मनीमा होटल व्यवसाय गरिरहेका पन्त गोरखा फुजेलका हुन् । पन्तले यसअघि उपाध्यक्ष रहेको र निवर्तमान अध्यक्ष भवन भट्टलाई जिताउन सघाएका थिए । उनी अध्ययनका सिलसिलामा बेल्जिमय हुँदै जर्मनीको होटलमा काम गरेका थिए । मत परिणाम भने घोषणा हुन बाँकी छ ।

यसैगरी महासचिव पदमा बेफायतका डा हेमराज शर्मा निर्वाचित भएका छन् । जानकी गुरुङलाई पराजित गर्दै शर्मा महासचिव बनेका हुन् ।

आइसिसीमा पदाधिकारीमा को को निर्वाचित भए ?

अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष – बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष – सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव- गौरी जोशी
सचिव – आरके शर्मा
कोषाध्यक्ष- महेश श्रेष्ठ
सह कोषाध्यक्ष- लोक दाहाल

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १२ : ४१ बजे