१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

न्युयोर्कमा नेवा गुठीको म्ह: पूजाको रौनक, तीन सय बढी सहभागी


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

न्युयोर्क । नेवा गुठी न्यूयोर्कले, म्ह पूजा सम्पन्न गरेको छ । नेवारी समुदायले नयाँ वर्ष न्हुदँको स्वागत गर्दै म्ह पूजा गरेको हुन् । म्ह पूजामा नेवारी समुदायले स्वस्थ, सक्षम होस र आत्मा र शरीरको शुद्धिकरणको कामना गर्दै आफ्नो शरीरको पूजा आफै गर्ने परम्परा छ । म्ह पूजामा नेवारी समुदाय तथा अन्य न्यूयोर्कमा रहेका नेपाली समुदायका विभिन्न संस्थाका प्रतिनिधीहरु तथा विदेशी सहित झण्डै ३ सय जना सहभागी रहेका नेवा गुठीका अध्यक्ष निर्मल प्रधानले जानकारी दिए । घरको सबैभन्दा ठुलो महिलाले घरको सबै व्यक्तिहरुलाई कसरी पूजा गर्ने भनेर जानकारी गराएपछि अन्य सदस्यहरुले म्ह आफ्नै पूजा गर्ने चलन रहेको अध्यक्ष प्रधानको भनाइ छ ।

न्यूयोर्कमा बसोबार गर्ने नेवारी समुदायले गएको ७ बर्षदेखि वार्षिक रुपमा म्ह पूजा मनाउँदै आएका छन् । नेवारी कला संस्कृति, भेषभुषाको संरक्षण, प्रवद्र्धन तथा नयाँ पूस्तालाई संस्कृति हस्तान्तरण गर्दै लैजानको लागि म्ह पूजा वार्षिक रुपमा आयोजना गरेको प्रधानले बताए । यो पर्वले नेवारी समुदायबीच एकतातथा सामाजिक सदभावको विकास साथै अन्य समुदायसँग पनि आपसी सम्बन्ध बलियो बनाउन सहयोग पु¥याउने आयोजकको विश्वास छ । परिवारका सबै सदस्य लाइन लागेर पूजा गर्ने र लाइनमा बसेर खाने भएकोले यसलाई नेवारी समुदायले लाइन भोज अर्थात झ्व भ्वय पनि भन्ने गरिन्छ । म्ह पूजामा मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालेर मण्डप तयार गरेपछि घरमूलीदेखि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा छ ।

म्हः पूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घर मूली महिला नकींले गर्ने परम्परा छ । नकींले फूलमालासँगै सगुन दिने चलन छ । म्हस्पूजा गर्ने व्यक्तिलाई दिइने सगुनमा अण्डाले आकाश, माछाले जल, मासुले स्थल तत्व तथा यलाहायक्यू(रक्सी)ले तेज तत्वको प्रतिनिधित्व गर्ने विश्वास छ ।

साथै पूजामा खास गरी चिउरा, मासु, छोएला, मसिनो केराउको तरकारी, पालुंगो साग, गेडागुडी, लप्सीको झोल, दही फलफूल, मुला, सानो केराउ लगायतका परिकार खाने चलन छ ।

यसैबीच, म्ह पूजाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुरयाउन महिलाहरुलाई सम्मान गरेको छ । युवा अभियानकर्मी जोली अमात्य तथा रिभाइभिङ नेपाल भाषा वृत्तचित्र निर्माता विनिना रञ्जित लगायतलाई सम्मन गरिएको थियो । नेवा गुठीले यया पुन्ही पनि मनाउँदै आएको छ ।
दुई चरणमा मनाइएको कार्यमक्रममा सोमबार विहान ज्याक्सन हाइटमा भेला भई रातो टीका लगाई उसिनेको अण्डा र माछाको सगुन दिई एक आपसमा नव वर्षको शुभकामना आदान प्रदान गरे ।

आफ्नो मौलिक पहिरन लगाई बाजागाजासहित नाच्दै नगर परिक्रमा गरे । भेलालाई अध्यक्ष निर्मल प्रधानले स्वागत गर्दै नेपाल सम्बतबारे प्रकाश पारेका थिए । उनले सबैलाई नेपाल सम्वतको शुभकामना दिए ।

सन् २००७ मा स्थापना गरिएदेखि नेवा गुठी न्युयोर्कले यसरी विभिन्न कार्यक्रम गर्दै आएको भए पनि निवर्तमान अध्यक्ष धर्मेन्द्र गोपालीले दुई वर्ष पहिले भिन्तुना र्‍याली निकाल्ने गरेको कुरा संस्थापक उपाध्यक्ष न्हुच्छेनारायण डंगोलले बताए ।

दोस्रो चरणको कार्यक्रम राति अबेरसम्म चलेको थियो । करिब तीन सयजनाको सामूहिक म्हःपूजा गरियो । म्हःपूजामा नेवारी परम्परा अनुसार पूजा गरी नेवारी भोजको पनि गरियो । म्हःपूजामा नेवार समुदायमाात्र नभई अन्य समुदायका व्यक्तिहरुले पनि म्हःपूजा गरेका थिए । म्हःपूजामा विदेशीहरुको पनि सहभागिता थियो । म्ह पूजाको संयोजन गुठीकी उपाध्यक्ष सृजना तुलाधरले गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : १४ बजे