२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

स्पेनका लागि नेपाली राजदूत शेर्पाले सम्हालिन कार्यभार



काठमाडौं – स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले आजदेखि कार्यभार सम्हालेकी छिन्।

म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले आजदेखि कार्यभार सम्हालेकी हुन्। राजदूत शेर्पाले दूतावासका कर्मचारीलगायतले स्वागत गरेका थिए।

कार्यभार सम्हाल्दै राजदूत शेर्पाले आफूले नेपाल र स्पेनको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रयास गर्ने प्रतिवद्धता जनाइन्।

दुईदेशबीचको सम्बन्ध अझ मजबुत बनाउदै आपसी हित र सहयोग अभिवृद्धिका लागि पहल गर्ने विश्वास दिलाइन्।

हालै सरकारले शेर्पालाई स्पेनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ०६ बजे