१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फ्लोरिडा राज्यमा रेल र कार ठोक्किँदा तीन जनाको मृत्यु



फ्लोरिडा– अमेरिकाको फ्लोरिडा राज्यको पाल्म बिचमा भएको सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार रेल र कार एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । रेलको बाटो पार गरेर अर्कोतर्फ जान खोजिरहेको कारलाई रेलले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

रेलले ठक्कर दिएको कार पूर्ण रुपमा क्षति भएको अधिकारीहरुले जनाएका छन् । रेलमा भने कसैलाई केही नभएको उक्त रेल सञ्चालक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  २ : ४७ बजे