५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

हिउबरफको चिसोमा पनि रोकेन विश्वशान्तिको पाइला



आङ छिरिङ शेर्पा

अमेरिकाको हिउदे कटकट खाने चिसो । फुसफुस खसेको बरफले बाटो पुरै ढाकिएको थियो । यतिखेर नर्थक्यारोलिनाबासी चिसो र बरफीलो बाटोको कारण बाहिर निस्कन सकेको छैन । कामकाजहरु र सवै विद्यालयहरु बन्द छन । बाहिर चिसो भनिसध्या छैन । तर आश्चार्य यो प्रतिकुल मौसममा शान्तिको लागी पदयात्रामा आएका बौद्धभिक्षुहरुको पाइला रोकेनन । जीउमा साधारण भिक्षुको पोशाक बाहेक खुटटामा राम्रो जुक्ता छैन ।

धेरजसो त यो चिसोमा विना जुत्ता मोजा मात्रै लगाएर पनि यो बरफीलो बाटोमा पाइला अघि बडाइरहेका थिए । निकै मन छुने उनीहरुको यो यात्रा आधुनिक मानव जीवनको लागी धेरै चुर्नातिपुर्ण शिक्षा बनेको छ । विश्व जनमानसमा शान्तिको व्यवहारिक शिक्षा र सन्देश दिदै शुरु भएको हिउदेयामको यो कठिन यात्रा अमेरिकाको इतिहासमै पहिलो र नमुना अभियान बनेको छ । रोचक कुरा त उनीहरुको साथमा भारतबाट आएका आलोका नामको कुकुर पनि अघि अघि यात्रामा हिडिरहेको देखिन्छ । विश्वका सवैको ध्यान बौद्धभिक्षुहरुसंग एउटा जनावारले पनि सक्रियपुर्वक शान्ति पदयात्रामा भाग लिएको अनौठो मानेको छ ।

अमेरिकाको टेक्सासदेखि ९० दिन १३ सय माइलको दुरि पार गरेर जनवरि २३ तारिख नर्थक्यारोलिना आइपुगेका छन । अबको यात्रा भर्जिनिया हुर्दै वासिङटनडिसि रहेको छ । शुरुदेखि गन्तव्यसम्मको यात्रा पुरा गर्न उनीहरुले ९ राज्य पार गरेर २३ सय माइलको दुरि पुरा गर्नेछ । यात्रा क्रममा अमेरिकाको हरेक राज्यको सुरक्षाप्रमुख, स्थानीय सरकार र सर्वसाधारणले स्वागत र सम्मान गदै आएका छन ।


मानव जगतको हितमा भएको यो अभियानमा आर्कषित सर्वसाधारणहरु शुरुदेखिनै बाटो बाटोमा हातमा फुलमालाले स्वागत र सम्मान गदै आइरहेका थिए । धेरैजसो पदयात्रामा सहाभागी भएका थिए । कतिपयले उनीहरुको यात्रा तालिका अनुसार बीच बाटोमा खानापिनको सहयोगमा जुटेका थिए ।

‘मेरो जीवनमा कहिल्यै नसोचेको यस्तो सुखद क्षण देख्न पाउदा खुसीले भाव विहृल भएकी छु’ ६७ बर्षिय क्रिष्टीनाले बताइन । उनी रालेको बाटोको चिसोमा उभिएर भिक्षुहरुलाई फुल चढाउदै थिए । शान्तिपदयात्रामा भिक्षुहरुको दर्शनसंगै यात्रामा विभिन्न समुदायको हजारौको उल्लेखनीय सहाभागीता थियो । ‘ यस्तो महत्वपुर्ण कार्यक्रममा भाग लिन पाउदा म आफुलाई भाग्यमानी अनुभुती भएको छ’ व्यवसायी दिण्डु लामा हृयोल्मोले भने – ‘पदयात्रामा भाग लिन मात्र होइन केही सहयोग गर्न पाउदा थप निकै खुसी लाग्यो ‘। उनी हाइल्याण्डबाट आएर ४ दिन लगातार यात्रामा थिए । व्यवसायी हृयोल्मो, नेपाली समुदायका प्रतिनिधिहरुलगायत अन्य विभिन्न समुदायका प्रतिनिधिहरुले भिक्षुहरुको टोलि राले आगामनको अवसरमा खाना र पानीको सहयोग गरेका थिए ।

गत १ अक्टुबर २०२५ देखि शुरु भएको वाक फर पिस शान्तिपदयात्रामा १९ जना भियातनामी बौद्धभिक्षुहरु थियो । उनीहरुको नेतृत्व भिक्षु पान्नकाराले गरेका थिए । हरेक दिन दिनभरि पदयात्रा गरेर हरेक साझ उपस्थित सवै सर्वसाधारणलाई भिक्षु पान्नकाराले मानव जीवनमा सुख र शान्तिको शिक्षा र सन्देश दिदै आएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८२, मंगलबार  १२ : १५ बजे