काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री, आज वर्षकै बढी चिसो

२०७६ पुष २, बुधबार १०:२५

काठमाडौं– काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको काठमाडौंमा बुधबार बिहान ३ दशमलव ७ मापन भएको हो ।

बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । तापक्रम अझै घट्ने अनुमान छ ।

तराई–मधेसका जिल्लाहरुमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित छन् ।

सम्बन्धित समाचार