काठमाडाैं– अत्याधिक चिसोका कारण कठ्यांग्रिएर तराईका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ।
चिसोका कारण मध्य तराईका धनुषा, पर्सा र बारामा चार जनाको मृत्यु भएको हो।
दुई सातायता तराईमा बाक्लो हुस्सु लागेको र शीतलहर चलिरहेको छ। घाम नलागेका कारण मध्य तराईका जिल्लामा अत्यधिक चिसो छ।
जनकपुर उपमहानगरपालिका-२३ की ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको मृत्यु भएको छ।
बारा र पर्सामा परिचय नखुलेका अन्य दुई जनाको शव फेला परेको छ। उनीहरूको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
चिसोले जनजीवन प्रभावित बनेको छ।