२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

रास्वपाको सचिवालय विस्तार, दुई सदस्य थपिँदा संख्या १६ पुग्यो



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै दुई नयाँ सदस्य थप गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछाने को प्रस्तावमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गरेको हो।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार उक्त प्रस्ताव बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो। यससँगै रास्वपाको सचिवालय सदस्य संख्या १४ बाट बढेर १६ पुगेको छ।

हाल रास्वपा सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव साह, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसु माया तामाङ, प्रवक्ता मनिष झालगायत सदस्यहरू रहेका छन्।

नयाँ सदस्यको रूपमा सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएसँगै पार्टीको संगठनात्मक संरचना थप सुदृढ हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : २२ बजे