४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

भारतमा चार जना बलात्कारीलाई माघ ८ मा फाँसी दिन सर्वोच्चको आदेश



एजेन्सी– भारतमा बलात्कारी ठहर भएका चार जनालाई फाँसी दिइने भएको छ। सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीमा मेडिकल पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो।

निर्भयाको बलात्कार-हत्यामा दोषी भेटिएपछि पटियाला हाउस अदालतले मंगलबार अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई जनवरी २२ (माघ ८) मा फाँसी दिने आदेश दिएको हो।

यी चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मै दोषी ठहर गरिसकेको थियो। अदालतले मृत्युदण्ड दिन गरेको फैसलाविरूद्ध उनीहरूले सर्वोच्च अदालत गुहारेका थिए।

गत डिसेम्बरमा सर्वोच्च अदालतले उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गरिदिएको थियो।

सात वर्षअघि दिल्लीमा गुडिरहेको बसमा छ जनाको समूहले २३ वर्षीया निर्भयाको बलात्कारपछि हत्या भएको थियो।

घटनामा संलग्न ६ जनामध्ये एक जनाले मुद्दा चलिरहेका बेला जेलभित्र आत्महत्या गरेका थिए भने अर्का एकजना नाबालक भएकाले सुधार गृह पठाइएको थियो।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ३० बजे