१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फेरि माैसममा फेरबदल, शनिबारसम्म वर्षा र हिमपातको सम्भावना



काठमाडाैं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण दुई दिन हल्का वर्षा हुने भएको छ। बिहीबार दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबारसम्म हल्का वर्षा हुने देखिए पनि शनिबारबाट मौसममा सुधार हुने छ । पश्चिमी र मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

माघ २ गते (बिहीबार)

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भाग लगायत पुर्वी पहाडी भू्-भागमा सामान्य बदली रही बाँकि भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको। मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशको मध्य तथा पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशको पश्चिमी भू्-भागमा सामान्य बदली रही बाँकी भू्-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति: देशभर आंशिक बदली भई देशका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २ माघ २०७६, बिहिबार  ११ : ४५ बजे