५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

फ्लोरिडाको चर्चमा गोली चल्दा दुईको मृत्यु



 

फ्लोरिडा– संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । स्थानीय समय अनुसार दिउँसो २:३० बजे गोली चलेको अधिकारीले बताएका छन् भने घटनामा दुईको मृत्यु भएको र दुई जनासख्त घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । गोली लागि मृत्यु हुनेमध्ये १५–बर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन् । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताए । आक्रमणबारे अनुसन्धान भइरहेको बताइउको छ । अहिलेसम्म घटनामा सम्लग्न भएको आरोपमा कसैलाई पक्राउ गरिएको छैन । आक्रमणको कुनै समूहले जिम्मेवारी लिइनसकेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : ५२ बजे