४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

गीतकार बाबुको मोडल छोरा


१८ फाल्गुन २०७६, आइतबार  

0
Shares

न्युयोर्क– गीतकार भुपेन्द्र न्यौपानेको ‘बेईमानी’ बोलको गीतमा उनकै छोरा निर्जल न्यौपानेले अभिनय गरेका छन् । हालै युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियोले राम्रो चर्चा पाईरहेको अमेरिकाको टेक्सास निवासी गीतकार न्यौपानेले एभरेष्ट टाईम्सलाई बताएका छन् । छोराको कलाकारिता प्रतिको मोह देखेर भिडियोमा खेलाएको बताउँदै न्यौपानेले भिडियोमा उनको अभिनय देख्दा गौरव लागेको बताए । रेडियो प्रस्तोता तथा गीतकार तुलसी बस्नेतले भिडियो हेरेपछि निर्जलमा अभिनय क्षमता प्रशस्त देखिएको प्रतिकृया दिए ।

निर्जलको यो डेब्यु म्युजिक भिडियो हो । उनमा प्रशस्त अभिनय क्षमता रहेको म्युजिक भिडियोमा उनले गरेको कामले देखाएको छ । उनलाई म्युजिक भिडियोमा प्रतिक्षा रिजाल र विदुर भट्टराईले साथ दिएका छन् ।

राज सागरको स्वर रहेको ‘बेइमानी’को म्युजिक भिडियो निर्माणमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने सुरेश रावतले सम्पादन र बि. पाण्डेले निर्देशन गरेका छन् ।

गीतकार न्यौपानेले यस अघि ‘जुनकिरी’, ‘अरुसँग’ लगायतका गीतहरु रेकर्ड गराएर भिडियो सहित बजारमा ल्याएका थिए ।

https://m.youtube.com/watch?feature=youtu.be&v=D5s-3K4l7h4

 

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : १० बजे