बैतडी— मेलौली नगरपालिकाकी ९ को असुरमा एक बालिकालाई चितुवाले ओछ्यानबाटै लगेर मारेको छ । पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारलाई सुतिरहेकै अवस्थामा मंगलबार बिहान ४ बजेतिर चितुवाले लगेको हो ।
खोजी गर्दा घरबाट ५ सय मिटर टाढा सिमखोलामा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनका अनुसार बालिका अपाङ्गगता भएकी थिइन् ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा ७ वर्षयता चितुवाले २७ जनाको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा सबै बालबालिका र महिला छन् ।