३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

बाबुआमाको हत्या अभियोगमा छोरा पक्राउ



महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा आफ्नै छोरा पक्राउ परेका छन् ।

गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए । जयलालले जेठी श्रीमतीको मृत्यु भएपछि धनासँग दोस्रो विवाह गरेका थिए ।

अनुसन्धानमा क्रममा जेठी श्रीमतीका छोरा २६ वर्षीय भरत भण्डारीको संग्लनता देखिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भरत डडेल्धुराको जोगेनामा बस्दै आएका थिए । पारिवारिक कारणले हत्या भएको प्रहरीको भनाइ छ ।

भरत ३ वर्ष वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किएका थिए । हत्यापछि उनी भागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । बाबुआमाको हत्यापछि सात महिनाकी छोरी पनि घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन् । छोरीको धनगढीस्थति माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : ०५ बजे