३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

दुई साहित्यकारका सालिक अनावरण



कपिलवस्तु । वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सहआयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा. कुमारबहादुर जोशीको सालिक अनावरण कार्यक्रम सम्पन्न भयो ।

परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. रमेश ढकालले वासु शशीको र विशिष्ट अतिथि वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले डा. कुमारबहादुर जोशीको सालिक अनावरण गरेका हुन् । सो अवसरमा प्रा. रमेश ढकाल, मा. नरोत्तम वैद्य, गणेश रसिक, लु.वा.प्र.का अध्यक्ष हिमलाल ज्ञवाली, परिषद्का सचिव प्रद्युम्न जोशी, साहित्यकारहरु हिरण्यकुमारी पाठक, श्याम प्रधान, ध्रुव मधिकर्मी, यादव भट्टराई, शङ्कर आचार्य, ऋषि आजाद लगायतले वासु शशी र डा. जोशीको योगदानबारे चर्चा गर्दै कपिलधाममा एक सय एक जनाको सालिक स्थापना गर्ने ऐतिहासिक कार्ययोजनाको चर्चा एवम् प्रशंसा गरे ।

कार्यक्रममा वासु शशीकी सुपुत्री नीना जोशी तथा डा. कुमारबहादुर जोशीकी श्रीमती सरस्वती जोशी लगायत विभिन्न स्थानीय स्रष्टाहरूको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : १३ बजे