५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

कोरोनाविरुद्ध सहयोगको लागि न्युयोर्कका सबै संस्था एकजुट


Ang

१४ बैशाख २०७७, आइतबार  

0
Shares

न्युयोर्कमा क्रियासिल विभिन्न सस्थाका प्रतिनिधिहरु सम्मिलित कोरोना विरुद्ध सहयोग तथा सचेतना समुह विगत एक महिनादेखि न्युयोर्कमा दुख पाएका नेपालीहरुको सहयोगमा जुटदै आएका छन । उनीहरुले कोरोना संक्रमित परिवारलाई आवश्याक सामाग्री र ग्रोसर पुर्‍याउने काम गर्नुको साथै सिटिसग समन्वयत्माक कार्यहरु पनि गदै आइरहेका छन । समुहभित्र नभएका कतिपय व्यक्तिहरु पनि आफनो परिवारको सहयोगको लागी नियमित रुपमा जुटदै आइरहेका छन ।
कोरोना विरुद्धको यो अभियानमा नेपाली जन सम्पर्क समिति अमेरिका, आदीवासी जनजाती महासंघ अमेरिका, प्रवासी नेपाली एकता मञ्च, संघीय समाजवादी, शेर्पा किदुग, रिज्युउड सोसाइटी , मधेसी एसोसियसन, ठकुरी समाज लगायतका सस्थाहरुको प्रतिनिधिहरु यो समुहमा अवद्ध छन । त्यस्तै एनआरएनए न्युयोर्क च्याप्टरले पनि विगत एक महिनादेखिनै न्युयोर्कको नेपाली समुदायमा सहयोग गरिरहेका छन ।

कोरोना विरुद्धको यो समुहले पछिल्लो समय आफुभित्र संकलित रकमबाट न्युयोर्कका ४६ जना विद्यार्थीहरु बस्ने ठाउमा खाद्य सामाग्री वितरण गरेका थिए । उनीहरुलाई प्रति विद्यार्थी १० पाउण्डको चामाल, आलु एक पोका, तेल एक ग्यालिन, रातो दाल दूइ पाउण्ड, फलफुल एक पोका वितरण गरेको थियो । खानेकुरासंगै साथमा मक्स, पञ्जा, टयानाइनोल र स्यानीटाइजर समेत वितरण गरेका थिए ।

‘ हामी आपसमा संकलन गरेको रकमले किनेको खानेकुरा ४६ जना विद्यार्थी सहयोग गर्न पायो’ समुहका सदस्य तथा आदीवासी जनजाती महासंघ अमेरिकाका संघीय सभामुख राजकुमार विष्टले भने—‘ खाद्यान्न सामाग्री खरिद गरेर बचेको १ हजार ४८ डलर भ्वाइसफर युथ समुहलाई तत्कालै वितरण गरियो’ । उनका अनुसार तथ्याङमा आएको रिपार्टको आधारमा सहयोग गरेको । ‘ यो पहिलो प्रयास हो अब दोश्रो चरणमा विद्यार्थीहरुको सहयोगको लागी भाडा तिरिदिने सहयोगमा जुटनेछौ ’ सभामुख राजकुमार विष्टले बताए ।

। विद्यार्थीहरुको घरघरमा सहयोग सामाग्री वितरण गर्ने समुहका सदस्यहरुमा विष्णु राणामगर, पासाङ शेर्पा, अच्युत सिग्देल, छिरिङ राप्के लामा, मिलन शाही, सत्येन्द्र साह, पेम्बा शेर्पा र छिरिङ लामा थिए ।

‘ नेपालबाट पढनका लागी अमेरिका आएका बिद्यार्थीहरु यतिबेला निकै दुख भोग्नु परिरहेकाले हामी जहा भएपनि सवैले सहयोग गर्नु पर्ने जरुर देखिएको छ ’ समुहलाई संयोजन गरिरहेका संयोजक तथा जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले भने—‘ सवै राज्यहरुमा रहेका व्यक्ति तथा संघसस्थाका अगुवाहरुलाई विद्यार्थीहरुले भोग्नु परेको यो दुखमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’ । उनले बताए । समुहलाई विभिन्न राज्यबाट दिदै आएका सहयोग सामाग्रीहरु संयोजक विष्टको घरमा जम्मा भएर विभिन्न १४ वटा स्थानहरुबाट वितरण गरिदै आइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : ३२ बजे