२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

काठमाडौंमा चल्न थाल्यो बस



काठमाडौं । कोरोना महामारीका कारण लकडाउन गरिएपछि चल्न नपाएका सार्वजनिक सवारीसाधन काठमाडौंमा खुल्न थालेका छन् । साढे तीन महिनापछि मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।

एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । यातायात सम्बन्धी महासंघहरुले भने सरकारले व्यवसाय सञ्चालनका लागि सहयोग नगरेको भन्दै बस नचलाउने भनेको थियो ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउने भनिए पनि लामो दुरीको सार्वजनिक सवारी साधनलाई भने बन्दै राखिएको छ । यद्यपी सञ्चालनमा रहेको केही बस, ट्याक्सीले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन ।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३७ बजे