११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

जिपिके फाउण्डेसनद्वारा ब्रुकलिनमा १५ सय ३६ ग्यालन दुध निशुल्क वितरणा


Ang

३ श्रावण २०७७, शनिबार  

0
Shares

न्युयोर्क । कोरोना महामारी सुरु भएसँगै समुदायको सहयोगमा जुटेको गिरिजा प्रसाख कोइरालाले न्युयोर्कको ब्रुकलिनमा दुध निशुल्क वितरण गरेको छ ।
विभिन्न खाद्य सामाग्री वितरण गर्दै आएको फाउण्डेशनले तेस्रो पटक ब्रुकलिनमा १५ सय ३६ ग्यालन (८ प्यालेट) दुध निशुल्क वितरण गरेको हो ।

समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उदेश्यले १२ औं पटकको निशुल्क खाधन्न वितरण कार्यक्रमपछि तेस्राे पटक शुक्रबार समुदायमा ८ प्यालेट्स शुद्व दुध वितरण गरिएको हो । दुध रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँगको सहकार्य गरी वितरण गरिएको हो ।


फाउण्डेसनले दुध जम्मा गरेको स्थानबाट नेपाली र तिब्बती समुदायका संस्थाका प्रतिनिधिहरु ब्रुकलिनमा पुगेर समुदायको घरघरमा दुध वितरण गरेका थिए । सोही क्रममा शेर्पा किदुगका उपाध्याक्ष फुर्वा शेर्पाले ५ सय ९६ ग्यालन, रिज्युउड नेपाली सोसाइटीका सदस्य विनोद सुवेदीले ६० ग्यालन, तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदीले ६० ग्यालन, तिब्बतीयन कम्युनिटी अफ न्यूयोर्क न्यूजर्सीका म्यानेजर तेन्जीन सेयाङ डि टि वाङचुकले २ सय २० ग्यालन, नेपाली जनसम्पर्क समितिका प्रतिनिधि नेता अनिल पाण्डेले ६० ग्यालन, नेपाली अमेरिकन कलाकार संघका मेडिया कोओर्डीनेटर पुष्कर बरालले ६० ग्यालन, गुरुङ तमु सोसाईटी अमेरिकाका अध्यक्ष पदम गुरुङले ६० ग्यालन, एन.आर.एन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष राम हरि अधिकारीले ४० ग्यालन, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पाले २८ ग्यालन, ग्रिन टचका कार्यकारी निर्देशक भिक्टर ईलाहीले ६० ग्यालन, वर्ल्ड कनेक्सन युएसए ईन्कका प्रेसिडेन्ट आङ गेलु शेर्पाले ४८ ग्यालन, नेवाः गुठी न्यूयोर्कका पुर्व अध्यक्ष धर्मेन्द्र गोपालीले २० ग्यालन, नवाङ यावाज्यान्टङले ६० ग्यालन, सिहं गोलेले १६ ग्यालन दुध लिएर ब्रकुलिन गई वितरण गरेका थिए । बाँकी रहेको दुध फाउण्डेशन आफै वितरण गरेको थियो ।


न्युयोर्कमा कोरोना महामारी सुरुभए देखि नै फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा निशुल्क खाद्यन्न वितरणमा खटिएका थिए । उक्त सहयोगका लागि फाउन्डेसनले रिभर फण्डका मुख्य उत्पादक अधिकारीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : ४४ बजे