८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

साहित्यकार पदमालिंखाको गीत ‘एक्लो पारी गयौ’ बजारमा


Ang

९ श्रावण २०७७, शुक्रबार  

0
Shares

न्युयोर्क निवासी चर्चित साहित्यकार पदमालिंखा मगरले लेखेको गीत ‘ एक्लो पारी गयौ तिमी सम्झनामा’ लिरिकल भिडियो बजारमा आएको छ । रुकुम जिल्लाको झुम्लावाङ भिलेज फाउण्डेसनको सामुदायिक स्वास्थ्य केन्द्रको सहयोगर्थ नजर २ को यो गीतमा बिबि अनुरागीको संगीत तथा गायक स्वरुपराज आचार्यको रहेको छ ।

वियोगन्त भावमा केही सकारत्माक सोच दिने उद्धेस्यले रचेको यो गीतको भावसंगै थपेको संगीत र श्वरले मिठास बनाएको छ । यसको साथै साहित्यकार पदमलिंखाले हर परदेशीको आफनो कथा मिल्ने भावमा नियतिको छालमा बग्दै गीतले पनि निकै चर्चा पाएको छ । प्रवासबाट साहित्यकार पदमलिंखाले अहिलेसम्म कैयो गीत तथा कविताहरु लेखिकी छिन । नजर २ को लिरिकल भिडियोमा रहेको गीतको केही हरफ यस प्रकार छ ।

‘ एक्लो पारी गयौ तिमी सम्झनामा बाच्छु प्यारी
तिमी मेरी नभए नि चोखो माया सााच्छु प्यारी
……..
जुन्किरीको उज्यालोमा रमाउन सिक्दैछु म
बन्द भए सारा ढोका झ्यालबाट देख्दैछु म’

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ९ : ०० बजे