२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

राष्ट्रपति ट्रम्पका भाइको निधन



न्युयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको

स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनको निधन भएको अधिकारीहरुले जनाएका छन्

आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै राष्ट्रपति ट्रम् आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेकाछन्

उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरे उनल् भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रोभएको चाडै उसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गरे

भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका  छन्

पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेकी राष्ट्रपतिका भाई रोबर्ट ७२ बर्षका थिए उनको रोग समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन

उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी विश्वास पात्र थिए

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ८ : २७ बजे