२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रथम महिला मेलानीयाद्वारा कोरोना सङ्क्रमणबिरुद्ध एक हुन आग्रह



वासिङ्टन (एजेन्सी) अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्तगरेकी छन्

कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिईन्

रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उनले सबै अमेरिकीहरु एकजुट भएर लडियो भने यस्ता सबैचुनौतीहरुलाई सामना गर्न सकिने अठोट व्यक्त गरेकी हुन्    

कोरोनाभाइरसको महामारीलगायतका चुनौतीहरुको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिनेपनि उनले बताईन्

श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीहरुका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोडदिईन्

ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उहाँको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकहरुसँगै दर्शक दिर्घामा बस्नु भएकोथियो

कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकहरुको सिफारिसरहेपनि सो कार्यक्रममा दर्शकहरु बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो

कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीहरुले मास्क समेत लगाएका थिएनन्

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १० : ४९ बजे