३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

वैदेशिक अध्ययन अनुमतिपत्र पुनः दिने



काडमाडौँ उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नोअब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको

मन्त्रिपरिषद्को यही भदौ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएका हुन् कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत गते उक्त अनुमति दिने कार्य स्थगनकोनिर्णय गरेको थियो

जोखिम कायमै रहे ता पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिकअध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहिबार  ८ : ०० बजे