काठमाडौं । शुक्रबार साँझखेर एउटा सनसनीपूर्ण समाचार बाहिरीयो, मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एक घरमा एकै परिवारका तीन जनाको शव फेला पर्यो ।
कोरनाको महामारीका कारण त्राहीमाम काठमाडौं उपत्यकाबासीलाई यो अर्को त्रासद समाचार थियो । धेरैले केही खुट्याउन सकेनन् । शनिबार साँझसम्ममा प्रहरीले अनुमान लगाएको छ, घरमुली सुदीप अधिकारीले श्रीमती सम्झना र छोरा सुशान्तको हत्या गरेको केही दिनपछि आफैले आत्माहत्या गरेको हुन सक्छ ।
यद्यपी घट्नाका बारेमा अनुसन्धान जारी छ, धेरै विषयहरु खुल्न सकेको छैन । नत घट्नाका पहेलुहरु खुल्न सकेको छ । नत सुदीपले नै घट्ना गराएको रहेछ भने पनि कारणका बारेमा नै कुनै संकेत मिलेको छ ।
यसरी थाहा भयो घट्ना
घरमा ३६ वर्षीय सुदीप अधिकारीका साथै ३४ वर्षीया श्रीमती सम्झना र यस वर्ष मात्रै एसइई परीक्षामा ‘ए’ ल्याएर उत्तीर्ण गरेका १५ वर्षीय छोरा सुशान्त बस्थे । उनीसँग एउटा कुकुर पनि थियो ।
मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पुर्याउन आएका थिए । सुरुमा उनले बोलाए तर कसैको आवाज आएन, कोही नबोलेपछि भित्र जाने बित्तिकै गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।
दोस्रो तलाको भर्याङको प्यासेजमा घरमा पालेको सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको सुदीपको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत भेटिए ।
अझ माथी भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर सुदीपको शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको शुक्रबार दाजुको परिवारलाई मासु पुर्याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखे । उनैले खवर गरेपछि प्रहरी पुगेका हुन् । घट्ना भएको घर र प्रहरी कार्यालय करिव ७ सय मिटरको दुरीमा रहेको छ ।
प्रहरीको शंका
घटना गम्भिर भएकोले भक्तपुर, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत अनुसन्धानमा खटिएका छन् ।
सुदीपले श्रीमती र छोराको हत्या गरेको केही दिनपछि विष सेवनबाट आफैँले आत्महत्या गरेका हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सम्झना र शुशान्तलाई धारिलो हतियारको प्रहारले हत्या गरिएको देखिन्छ । उनीहरु दुवैको टाउकोमा गहिरो चोट छ । हत्यापछि सम्झनालाई भित्तापट्टि कोल्टो राखेर माथिबाट ओढ्ने ओढाइदिएको छ भने शुशान्तको पनि टाउको र घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ । हत्यापछि घोप्टो बनाएर माथि पहेँलो रामनामी कपडाले छोपेको अवस्थामा सुशान्तको शव भेटिएको छ ।
ओछ्यानदेखि भित्तामा समेत रगतको छिटाहरु छन् । रगत सुकिसकेको र दुवै शव गलेर गन्हाउनुका साथै घाउमा किरा पर्न थालेको थियो । सुदीपको शव भने गलेको र गन्हाएको पनि थिएन भने शरीरमा कुनै बाहिरी चोटपटक पनि छैन ।
प्रहरीका अनुसार तीनवटै शव हेर्दा एकै दिन मृत्यु भएको होइन । सम्झना र सुशान्तको केही दिनअघि र सुदीपको केही दिनपछि मृत्यु भएको अनुमान प्रहरीको छ । यद्यपि प्रहरीले अनुसन्धान जारी रहेको र अझै कारण यकिन हुन नसकेको जनाएको छ ।
प्रश्नहरु
प्रहरीले हत्या पछि आत्माहत्याको आशंका गरेपनि घट्नाका पहेलुहरु धेरै देखिन्छन् । प्रशस्त प्रश्नहरु उठेको छ । प्रहरी भने जस्तो सुदीपले हत्या गरेर आत्माहत्या गरेको हो भने कारण के थियो । अझैसम्म उनको मानसिक अबस्थाको बारेमा कुनै जानकारी आएको छैन । सामान्य मानसिक अवस्था भएको मानिसले यति ठुलो र जघन्य अपराध गर्न सक्छ की सक्दैन ? परिवारको अवस्था के थियो? आफुहरुबीचको सम्बन्ध कस्तो थियो? यि प्रश्नहरुको निर्क्यौल नभएसम्म आत्माहत्या प्रमाणित हुन सक्दैन ।
यदी आत्माहत्या होइन भने हत्याको अनुसन्धान गहिरो हुनु पर्ने हुन्छ । यसले हत्याको कारण र अपराधीको खोजी गर्नु पर्ने हुन्छ।