अल्ट्राष्टिक ओडिसीले दुर्गम जिल्लामा कम्प्युटर सिकाई केन्द्र खोल्ने

२०७७ कार्तिक ४, मंगलवार ०१:५२

नेपालको दुर्गम जिल्लाहरुमा कम्प्युटर अध्ययन केन्द्र खोल्ने लक्ष्य लिएका अल्ट्राष्टिक ओडिसी ( Altruistic Odyssey ) नामक सस्थाले काठमाण्डौ युनिभर्सिटीसंगको सहकार्यमा कम्प्युटर लर्निङ इन्भनइरोमेन्टल सेन्टर खोल्ने भएको छ । यो सस्थाले पहिलो चरणमा ७ वटा सेन्टर खोल्ने भएको छ । यो अभियानका लागी अल्ट्राष्टिक ओडिसीले अमेरिकामा रहेका नपाली संस्थाहरुसंग सहसल्लाह र सहकार्य गरेर आर्थिक संकलनको लागि पहिलो चरणको छलफल गरेको छ ।

छलफल कार्यक्रममा संस्थाका संस्थापक इडमोन्ड एन्टोइनले संस्थाले नेपालको कलेजहरुमा कम्प्युटर सिकाई केन्द्र खोल्ने बताउदै समुदायका अगुवाहरुलाई सहयोगका लागि अनुरोध गरे । उनले भने, ‘वर्तमान अवस्थामा नेपालको कलेजहरुमा सेन्टर खोल्न सके धेरै विद्यार्थीहरुले लाभ लिन सक्छन्, त्यसैले हाम्रो यो प्रयासमा साथ दिन अनुरोध गर्छु ’।

 

संस्थाले गर्न लागेको योजनाबारे बताउदै उनले सेन्टर खोल्ने योजना नेपालीहरुको लागि भएकाले हातेमालो गर्न उपस्थित सबै संस्थाका अगुवाहरुलार्ई आव्हान गरे । अल्ट्राष्टिक ओडिसीले यस अघि सोलुखुम्बुको सोताङमा स्थापना गरेको केन्द्रमा ३१ जना ब्याच्लर तहका विद्यार्थीले कम्प्युटर तालिम लिइसकेका छन् भने तालिम लिएका १५ जनाले प्राथमिक तह शिक्षकका रुपमा काम गरिरहेका छन् । सोलुखुम्बु सोताङको लागी अल्ट्राष्टिकले न्युयोर्कमा २ पटक हाइकिङ गरेर समेत आर्थिक संकलन गरेका थिए ।

अल्ट्राष्टिक ओडिसीले अमेरिकामा रहेका नेपाली समुदायलाई शिक्षा र प्रविधि मार्फत नेपालको कलेजहरुसंग जोडिने पुलको काम गर्ने संस्थापक एडमन्डको भनाइ छ । ‘ हामी यो सस्था मार्फत समुदायसंग इन्नोभेसन, कनेक्सन तथा आर्थिक संकलन र योजना कार्यन्वयनका लागि पुलको काम गर्ने योजना सोचाई लिएका छौ ‘ एडमण्डले बताए ।  अल्ट्राष्टिक ओडिसीको यो योजनालाई एनआरएनका अमेरिका क्षेत्रका पूर्वसंयोजक नविन शेरचन, नेपाल आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष लोक चेम्जोङ, फिप्नाका सदस्य सचिव छिरिङ राप्के लामा लगायतले आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सेवाको भावनाले अघि बडेको अल्ट्राष्टिक ओडिसीको व्यानर सगरमाथा आरोही दोर्जी ग्याल्जेन शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुर्‍याएको एडमण्डले बताए ।

सम्बन्धित समाचार