काठमाडौं । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे ।
भारतमा ज्ञवालीको बिहीबार औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुने बताइएको छ ।
शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११:३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु सहभागी हुनेछ ।
बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ । उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।