१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

नेपालमा ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति



काठमाडौँ । अमेरिकी कम्पनी अस्ट्रजेनेका र बेलायती युनिभर्सिटी अक्सफोर्डले विकास गरी भारतीय कम्पनी सेरमले उत्पादन गरेको कोरोनाबिरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालिन प्रयोगको लागि अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागका अनुसार यो खोप हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो । बुधबार विभागले सूचना जारी गरेर कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।

विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो ।

कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

बिभागले हालसम्म ३ वटा आयातकर्ताहरुबाट आवदेन प्राप्त गरेपनि २ वटाको जनाको आवश्यक कागजातहरु नपुगेकाले प्रक्रिया पुर्‍याउन भनिएको छ जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : ४५ बजे