१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

वाइडेनको सपथका लागि तयारी पुरा



बुधबार जो बाइडेनले अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै छन् । उनको सपथ ग्रहणको लागि अमेरिकी संसद (क्यापिटो हील) भवनदेखि वासिङ्टन मनुमेन्टसम्मको क्षेत्र सजाइएको छ ।

अमेरिकी झण्डा, फुल तथा रंगिविरंगी बत्तिहरुले झकिझकाउ पारिएका छन् । यो सजावटका साथै जाँदै गरेका राष्ट्रपति ट्रम्पको समर्थकहरुले हिंसा मच्चाउन सक्ने पनि त्यति नै त्रास छाएको छ ।

नेशनल गार्डसका २५ हजार जवानलाई राजधानी बासिङ्टनको सुरक्षार्थी खटाइएको छ भने देश भर उच्च सतकर्ता अपनाइएको छ ।

अघिल्लो साता ट्रम्पका हतियारधारी समर्थकहरुले संसद भवनमा प्रवेश गरेर वितन्ड मच्चाए पछि थप सुरक्षा सतर्कता बढाइएको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ०५ बजे