८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण, एकै दिन तीन दर्जनले चढे



काठमाडौँ । नेपाली महिला आरोहीले पहिलो पटक ८०९१ मिटर अग्लो हिमाल आरोहण गरेका छन् । शुक्रवार बिभिन्न टोलीमा गएका पाँच महिलाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । एक जना भारतीय महिलाले पनि पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका छन् ।

महिलाहरुसहित ३६ जना भन्दा बढीले शुक्रबार एकै दिन अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । आरोहण गर्नेहरु इम्याजिन नेपालबाट १५, सेभेन समिट ट्रेक्सबाट १४ र पायोनियर एडभेञ्चरबाट १० जना छन् भने पीक प्रमोशनबाट दश जना गएकोमा सफल भएको मात्र खवर आएको विस्तृत जानकारी नआएसकेको बताइएको छ ।

अन्नपूर्ण हिमालको पहिलो पटक आरोहण गर्ने महिला आरोहीहरुमा दावा याङ्जुम शेर्पा, पासाङ्ल्हामु शेर्पा, दाफुटी शेर्पा, पूर्णिमा श्रेष्ठ र माया शेर्पाले रहेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०८ बजे