काठमाडौँ । एमाले नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ ।
नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले निकालेको विज्ञप्तिमा ‘उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि यही अस्पतीलमा उपचार गपाई रहेका छन् ।










