१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

टेक्सासको युलेस नगरपरिषदमा टिका पौडेल विजयी


Ang

२४ जेष्ठ २०७८, सोमबार  

0
Shares

अमेरिकाको टेक्सास राज्यको युलेस नगर परिषदको निर्वाचनमा नेपाली मुलका टीका पौडेल निर्वाचित भएका छन । युलेसको नगरपरिषदको गत शनिबार सम्पन्न निर्वाचनमा पौडेलले एरिक बन्सलाई पराजित गरेका थिए । उनी दुई वर्ष कार्यकालको लागी नगर परिषद सदस्यमा निर्वाचित भएका हुन । अमेरिकाको न्युयोर्क राज्यपछिको सबैभन्द बढि नेपालीको घना बस्ती भएको राज्य हो टेक्सास । पौडेल निर्वाचित टेक्सासको युलेस सिटी नेपालीको ठूलो जनसंख्या रहेको स्थानको रुपमा चिनिन्छ ।  नेपालीकै साथ र सहयोगले पौडेल निर्वाचित भएका हुन ।

चितवनबासी पौडेल नेपालमा प्राध्यापन पेशामा थिए । अमेरिकाको मुलधारको राजनितिमा प्रवेश गर्ने नेपाली मुलबाट नगर परिषदमा निर्वाचित हुने उनी चौथो हुन । यस अघि नेपाली मुलको अमेरिकनबाट पहिलो पटक मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उप प्रमुखमा किरण सिटौला निर्वाचित भएका हुन ।

त्यसैगरि अमेरिकाको ईतिहासमा मेरिल्याण्ड बिधान सभा सदस्य-सांसद )मा पहिलो पटक हृयारी भण्डारी निर्वाचित भएका हुन । त्यस्तै भुटानी समुदायबाट भुवन प्याकुरेल पनि ओहायो राज्यका नगर-परिषद सदस्यमा निर्वाचित भएका थिए । त्यसैगरि भर्जिनियाको हे मार्केट -शहर) को नगर परिषद सदस्यमा मधु पन्थी र भर्जिनिया कै हर्नडन शहरको नगर परिसद प्रदिप ढकाल निर्वाचित भएका हुन् । पछिल्लो समय टेक्सास राज्यबाट पौडेलको बिजयसंगै अमेरिकाको मुलधारको राजनितिमा प्रवेश गर्ने ६ जना नेपाली मुलका अमेरिकन भएका छन ।

तस्विर विकासराज न्यौपाने

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : १७ बजे