२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

प्रधानमन्त्री ओलीद्वारा १८ औं पटक मन्त्रिपरिषद् पुनर्गठन, थपिए सात मन्त्री र एक राज्यमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले १८ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री भएको तीन वर्षमा विहीबार उनले १८ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै ७ मन्त्री र एक राज्यमन्त्री थपेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरि मन्त्रिपरिद् सदस्यको संख्या २५ पुर्‍याएकफ छन् । नवनियुक्त गृहमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री राजकिशोर यादव र सञ्चारमन्त्री नैनकला थापा छन् । सञ्चार मन्त्री थापा निवर्तामान गृह मन्त्री रामबहदुर थापाकी पत्नी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

यसअघि जेठ २१ गते जनता समाजवादी पार्टीका राजेन्द्र महतोसहितलाई सहभागी गराउनका लागि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । त्यस बेला अर्थमन्त्री विष्णु पौडेल, महतो र परराष्ट्र मन्त्री रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाइएका थिए ।

२०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए । तर, संसदमा बहुमत पुर्‍याउन नसक्ने भन्दै मार्ग प्रश्स्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ४ : ४३ बजे