२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

कांग्रेस महाधिवेशन सर्यो, मंसिर ९ देखि १३ सम्म हुने



काठमाडौँ । भदौमा हुने भनिएको सत्तारुढ दल नेपाली। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा सारिएरो छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले आउँदो मंसिर ९ देखि १३ गतेसम्म महाऱ्धिवेसन गर्ने निर्णय गरेको हो ।

नेता रामचन्द्र पौडेलका अनुसार भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको हो ।

संविधानले राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरेको छ । तर, कंग्रेसले विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने व्यवस्थालाई टेकेर कांग्रेसले महाधिवेसन सारेको हो ।
संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।

यही विषयलाई लिएर पौडेल र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबीच विवाद हुंदै आएको थिसो ।
कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका यसितो छ :
-गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
– गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
– एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
– प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
– केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९ गतेदेखि सुरु)

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ८ : ३४ बजे