१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

१३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।

थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : १९ बजे