७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

स्याङ्जा समाज अमेरिकाका अध्यक्ष निर्वाचित बिमलालाई बधाई तथा स्वागत



न्युयोर्क । हालै सम्पन्न स्याङ्जा समाज अमेरिकाको अधिवेशनबाट अध्यक्षमा निर्वाचित विमला हमाल श्रेष्ठलाई न्युयोर्कमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले एक कार्यक्रम आयोजना गरी बधाई तथा स्वागत गरेका छन् । अध्यक्ष निर्वाचित श्रेष्ठ एक सफल व्यवसायी तथा समाजेवी हुन् ।

ज्याक्सन हाइटस्थित नेपाली भान्सा घरमा भएको उक्त कार्यक्रममा स्याङ्जा समाज अमेरिकाका संस्थापक श्यामकाजी गुरुङले अध्यक्ष विमलालाई खादा लगाई बधाई दिएका थिए । उनले विमला जस्तो समाजसेवीबाट नेपालको कला, धर्म, संस्कृतिलाई अमेरिकामा चिनाई समाजलाई एक कदम अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्याङ्जा समाज अमेरिकाका निर्वतमान अध्यक्ष तथा एनआरएनका सल्लाहकार वीरेन्दजंग केसीले विमलाजस्तो नेत्री पाउनु स्याङ्जा समाज अमेरिकाका लागि गौरबको विषय हो भन्दै उनको कार्यकाल सफलतको कामना गरे ।

एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले स्वागत भाषण गर्दै कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको परिचय गराएका थिए ।

अध्यक्ष विमलालाई बधाई दिनेहरुमा गिरिजाप्रसाद कोइराला अमेरिका फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, धादिङ समाज अमेरिकाका सभापति रामेश्वर बुर्लाकोटी, नेपाली काँग्रेसका युवा नेता राजु रौनियार, सूर्य सिमखडा, प्रदीप खड्का, भीम तामाङ, मकेन्द्र सिंह, शिवभक्त केसीलगायत थिए। उनीहरुले अध्यक्ष विमलालाई खादा ओढाइ बधाई दिएका थिए ।

कार्यक्रममा अध्यक्ष विमलाले सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकाल सफलताको लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले आफूलाई सबैको सहयोग मिल्ने अपेक्षा राखेकोसमेत बताइन् । कार्यक्रमको अन्त्यमा वरिष्ठ पत्रकार दिवाकर बागचन्दले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : १९ बजे