१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

बौद्धधर्म गुरु खेन्पो वागिन्द्रद्धार नर्थक्यारोलिनामा बौद्धदर्शन र ध्यानको ज्ञान




बौद्धधर्म गुरु खेन्पो वागिन्द्र शिलले नर्थक्यारोलिनाबासी नेपालीलाई मानव चोलाको सदुपयोग, बौद्ध दर्शन र विपश्यना ध्यानको बारेमा महत्वपुर्ण ज्ञान दिनु भएको छ । एनसिएनसिद्धारा आयोजित कार्यक्रममा खेन्पो वागिन्द्रले मानव जीवनमा आइपर्ने दुख कष्ट, समास्या, समाधान र ध्यानको महत्व बारेमा ज्ञान दिनु भएका थिए ।

मोरिसभिलस्थित हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा खेन्पोले ज्ञानसंगै उपस्थित सवैलाई विपश्यना ध्यानको तालीम समेत दिनु भएको थियो । त्रियना धर्म सेन्टरको प्रमुख खेन्पो वागिन्द्रले बौद्धधर्मको विभिन्न महत्वपुर्ण पुस्तकहरु नेपाली भाषामा अनुवाद गर्नुको साथै विश्वको विभिन्न मुलुकहरुमा बौद्धदर्शन र ध्यानको बारेमा ज्ञान दिदै आउनु भएको छ ।

धार्मिक नेता दलाइ लामाको समेत नेपाली भाषाको अनुवादक खेन्पो वागिन्द्रले आफु जन्मेको ठाउ सिन्धुपाल्चोकको माङखामा नेपालकै पहिलो उभिएको बुद्धको प्रतिमासहितको गुम्बा र पार्क निर्माण भइरहेका छन । खेन्पो वागिन्द्रले बौद्ध धर्मदर्शनको ज्ञान मार्फत देशविदेशमा पु¥याउनु भएको योगदानको कदरस्वरुप एनसिएनसिले सम्मान गरिएको थियो । उक्त सम्मानपत्र एनसिएनसिको अध्यक्ष डा विकास शाक्यले खेन्पोलाई कार्यक्रममा हस्तन्तरण गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : ३० बजे