१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानन्यायाधीसहरूद्वारा राजीनामा दिन अस्वीकार, विवादमा आएका अरुले दिए मात्र दिने



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भेट्न गएका न्यायाधिसहरुसँग राजीनामा दिन अस्वीकार गरेका छन् । सोमबार बैठक बसेर सर्वोच्च अदालतकै १५ जना न्यायाधीसहरु जबरासँग राजीनामा माग्ने भन्दै छलफल गर्न गएका थिए ।

प्रधानन्यायाधीस जबराले सडकमा आवाज उठ्दैमा आफुले राजीनामा नदिने बताएका हुन् । उल्टै उनले विवाद र प्रश्न उठेका न्यायाधीसहरुले राजीनामा दिने भए आफुले पनि राजीनामा दिने उल्लेख गरेका थिए ।

प्रधानन्यायाधीसले राजीनामा दिन इन्कार गरि दिएपछि न्यायाधीसहरु पुन छलफलमा बसेको बताइएको छ ।

सरकारमा भागबण्ड मागेको, न्यायलयमा अन्य न्यायाधीसहरुलाई वेवास्ता गरेको तथा न्यायलय सुधारका कार्यलाई वेवास्ता गरेको भन्दै अदालतभित्र र बाहिर प्रधानन्यायाधीसको अलोचना भइरहेको छ ।

कानुन व्यवसायीहरुले उनले राजीनामा दिनु पर्ने बताइरहेका छन् । त्यस्तै गत शुक्रबारदेखि नै सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीसहरु छलफलमा जुटेर सामुहिक धारणा बनाएका छन् । उनीहरुले म‌ंगलबार जवरालाई भेट्नु अघि उनीसँग राजीनामा मागिने भन्दै सूचना चु्हाएका थिए । तर भेट पछि उनीहरुको भनाई बाहिर आएको छैन ।

प्रधानन्यायाधीस जबराले भने न्यायाधीसहरुलाई पेसी तोकेका छन् । आइतवार र सोमबार न्यायाधीसहरु छलफलमा जुटेकाले इजालसमा बसेका छैनन ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : ०५ बजे