काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र राणाले राजीनामा दिनु पर्ने अडान सर्वोच्च अदालतका न्यायाधीशहरुले राखिरहेको बेला नेकपा एमाले अध्यक्ष केपी शर्माले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । एमालेको पालिका अधिवेशनलाई सम्बोधन गर्दै ओलीले परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘पाकिस्तानी शैलीमा परमादेशबाट सरकार गठन हुन थालेपछि सर्वोच्च अदालतमा समस्या देखिएको छ। श्रीमान् न्यायाधीशहरुले कस कसले के गर्नु भएको थियो । अहिले खुलेको छ,’ अध्यक्ष ओलीले भने, ‘एक जना मात्रै होइन परमादेश पाँच जनाले सर्वसम्मत फैसला गरेको हो । एक जना मात्रै किन राजीनामा गर्नु ? पाँचै जनाले राजीनामा गर्नु पर्छ ।’
सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार र बरिष्ठ वकिलहरुले राणाको राजीनामा मागेपनि मंगलबार भेट्न पुगेका न्यायाधीशहरुलाई राणाले विवादमा मुछिएका अरु न्यायाधीशहरुले पनि राजीनामा दिए आफुले पनि राजीनामा दिने बताएका थिए । उनले सडकमा कुरा उठ्दैमा राजीनामा दिन आवश्यक नभएको बताएका थिए ।