३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो



अमेरिका । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ।

शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ०९ बजे