१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस



वाशिङ्गटन डिसी । नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झण्डोत्तोलन गरे । कार्यक्रममा खरेलले अमेरिकामा बस्दै आएका नेपालीलाई शुभकामना सन्देश दिएका छन् ।

यसैगरी महावाणिज्य दूतावास न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गान, दीप प्रज्जवलन र झण्डा फहराइएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले प्रजातन्त्र दिवसको महत्व र देनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : १९ बजे