२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

न्युयोर्कमा मनाइयो पाचौ विश्व नेवाः दिवस


Ang

१७ चैत्र २०७८, बिहिबार  

0
Shares

हरेक मार्च २६ का दिन मनाइदै आएको विश्व नेवाः दिवसको अवसर पारेर नेवा गुठी न्युयोर्कले ५ औ विश्व नेवा दिवस वनभोजको आयोजना गरी मनाइएको छ । न्युयोर्कको क्वीन्स पार्कमा आयोजित उक्त कार्यक्रममा नेवारी खानाका परिकार तथा नेवारी भेषभूषामा सजिएका महिला पुरुषको लोभ लाग्दो सजिसजाउमा परम्परागत धिमे बाजाका साथ सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई गुठीका उपाध्यक्ष राजन कर्माचार्यले स्वागत गरि शुरुवात गरिएको कार्यक्रममा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, भूपू अध्यक्ष समीर महर्जन, भूपू अध्यक्ष निर्मल प्रधान लगायत नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्य, नेवा नखका उपाध्यक्ष डा. नरेश शाक्य र नखका तुल्सी चित्रकारले नेवा दिवसको बारेमा मन्तव्य दिएका थिए ।

कार्यक्रममा गुठीलाई विशेष सहयोग गर्ने सदस्यहरु कृष्णमाया महर्जन, सुब्बु महर्जन, नीता महर्जन, पूर्ण महर्जन, स्वनिरा महर्जन, सुष्मा मानन्धर, अनिता नकर्मी, कृष्ण प्रधान, रिना श्रेष्ठ, निसा श्रेष्ठ र कृष्ण महर्जनलाई गुठीका संस्थापक बीके नेवा र संस्थापक अध्यक्ष आदित्य महर्जनले संयुक्त रुपमा प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  २ : २४ बजे