१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

अमेरिकाले दिने भयो झण्डै ८० अर्व अनुदान



अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग नियोग (युएसएआइडी) ले दिने भनेको झण्डै ८० अर्व रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । गत चैत ३० को मन्त्रिपरिषद बैठकले युएसएआइडीबाट ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उक्त रकम पाँच वर्षभित्रमा नेपालको पूर्वाधार विकासमा आउने बताइएको छ । त्यसैगरी सरकारले विश्व वैंक समुहसँग १८ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

‘विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने’ निर्णय भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ३० बजे